सिवाईसी नेपाल लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

१७ पुष २०७९, आईतवार १२:०५

 

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि (पौस १८) गते रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेकाले भोलि पुस १८ गते सोमवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कुल लाभांशमध्ये ३० प्रतिशत बोनस शेयर र १ दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं ८ सभागृहचोक पोखरामा बिहान ११ बजे शुरु हुने जानकारी कम्पनीले गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*