ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, नामाकरणको बिषय टुंगो लागेन

१७ पुष २०७९, आईतवार १३:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

अन्तिम स्वीकृति प्रदान गर्दै राष्ट्र बैंकले मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । दुवै बैंकको साधारणसभाले मर्जर पछि बन्ने बैंकको नाम  ग्लोबल आइएमई बिओके लिमिटेडु कायम हुने गरि प्रस्ताव पारित गरेको थियो । तर नामाकरणको बिषय भने टुगो लागि नसकेको बैंकको स्रोतले जनाएको छ। कम्पनीाले आगामी सभा र मर्जर कमिटिको बैठकमाफर्त नामको टुगों लगाउने तयारी गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्व हाललाई एक अनुपात एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । कूल २१ बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा ‘क’ वर्गका वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित भएको इतिहाससमेत बन्नेछ ।

मर्जरपश्चात बैंकको कूल पूँजी रु ५२ अर्ब २९ करोड बराबर हुनेछ । चुक्ता पूँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा समेत स्थापित हुनेछ ।

साथै दुवै बैंकले गत जेठ मसान्तसम्म छ अर्बभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरूका ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरूले सयुंक्तरूपमा प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*