पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

१७ पुष २०७९, आईतवार १७:१६

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि अििन्तम दिन रहेको छ।

पाँच कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेकाले पुस १८ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू हुने जानकारी दिएको छ ।

त्यस्तै आइसिएफसी फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २० प्रतिशत नगद लाभांश करसहित र २ दशमलव ४० प्रतिशत बोनस शेयर वितरण गर्ने निणर्य गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी पोखरा फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे शुरू हुने जानकारी दिइएको छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेकाले आज पुस १८ गते सोमवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कुल लाभांशमध्ये ३० प्रतिशत बोनस शेयर र १ दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं ८ सभागृहचोक पोखरामा बिहान ११ बजे शुरु हुने जानकारी कम्पनीले गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*