पाँचथर पावर कम्पनीको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु
१८ पुष २०७९, सोमबार १०:२३

काठमाडौं । पाँचथर पावर कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल इम्पेरियल काठमाडौं, बत्तीसपुतलीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ। साधारण सभा प्रयोजनका लागि पाँचथरले पुस ७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीले वितरण गरेको नगद लाभांश पाउनेछन् ।












