यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१८ पुष २०७९, सोमबार १५:०९

काठमाडौं । कारोबार साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेर हरियाली छाएको छ । आज शेयर बजार १७।८६ को अंकले बढेर २०६३।८३ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि एनएमबि ५० को ४।८० प्रतिशतले शेयर मुल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, नेपाल दुुरसञ्चारको ४।१, नेपाल इन्भेष्टमेन्ट बैंकको ३।९६, नेपाल बैंकको २।५६ र तेह्रथुम पावरको २।४५ प्रतिशतले शेयर मुल्य घटेको छ ।













