दोहोरो अंकले बढ्यो नेप्से, १० उपसूचक बढ्दा झण्डै ३ अर्बको कारोबार

१८ पुष २०७९, सोमबार १५:१७

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ ।

पुष महिना लागेसँगै बैकिङ्ग क्षेत्रमा तरलता अभाव सिर्जना हुन थालिसकेको छ । गत वर्षमा तरलता अभाव हुन थालेपछि शेयरबजार प्रभावित हुन पुगेको थियो । तर यस वर्ष नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयरबजारमा रौनकता छाएको छ । १८ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स बढेर २ हजारको विन्दुमाथि कायम भएको छ ।

नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, १३ इन्डेक्समध्ये आज उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य सूचक घटेको छ भने बाँकी सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक आज ब्यापार इन्डेक्स ३.५२ प्रतिशत र निर्जिवन बीमा इन्डेक्स ३.०६ प्रतिशतले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*