नेप्सेमा थप ७ लाख ७२ हजार कित्ता शेयर सूचीकृत
१८ पुष २०७९, सोमबार १५:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
फाइनान्सले आज ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।












