मोलुङ हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये मोलुङ गाउँपालिकाका बासिन्दाका लागि ५० प्रतिशत र सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दाका लागि ५० प्रतिशत छुट्याइएको छ ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कम्पनीका कर्मचारीका लागि ५४ हजार ५७० कित्ता शेयर निष्काशन गर्ने भएको छ ।












