तीन लघुवित्त सहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । हिमालयन डिष्टिलरीको बम्पर लाभांशसहित अन्य सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ८ कम्पनीको लाभांश आजसम्म नेप्सेमा कारोबार भई कायम रहेको शेयरधनीहरुले मात्रै पाउनेछन् ।
मिर्मिरे लघुवित्त, साधना लुघवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालाजु) लिमिटेडले लाभांश प्रयोजनार्थ पुष २० गते बुकक्लोज गर्ने भएसँगै भोलि (पुष १९) गतेसम्म कायम शेयरधनीहरुले मात्रै यी आठ कम्पनीको लाभांश पाउनेछन् ।
गुँरास लघुवित्त
गुँरास लुघवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । संस्थाले पुष ३० गते भेडेटार भिलेस रिर्सोट, धनकुटामा बिहान ११ बजे बस्नेगरी सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साधना लघुवित्त
साधना लघुवित्तले गत आव २०७८।७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले पुष ३० गते होटल गोरखा बिसौनी, गोरखा ६ मा बिहान ११ः३० बजे छैठौं सभा आह्वान गरेको छ ।
मिर्मिरे लुघवित्त
मिर्मिरे लुघवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाइ २३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि संस्थाले यहि पुष ३० गते यो यो बैंक्वेट, सूर्याविनायक, भक्तपुरमा बिहान ११ बजे बस्नेगरी १२औं सभा आह्वान गरेको छ ।
हिमालयन डिष्टिलरी
हिमालयन डिष्टिलरीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सोही लाभांश पारित गर्न पुष २७ गते कम्पनीको रजिष्टार्ड कार्यालय बिरगंजमा बिहान १० बजे बस्नेगरी २२औं सभा डाकेको छ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न बैंकले पुष ३० गते होटल पोखरा ग्रेन्ड बिरौटा पोखरामा बिहान १० बजे बस्नेगरी १६औं साधारण सभा आह्वान गरेको छ ।
शिवम् सिमेन्ट्स
शिवम् सिमेन्ट्स लिमिटेडले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले यहि पुष २९ गते होटल सामना, हेटौंडामा बिहान १० बजे बस्नेगरी सातौं साधारण सभा डाकेको छ ।
बोटलर्स नेपाल (तराई) लिमिटेड
बोटलर्स नेपाल (तराई)ले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रति शेयर ६० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २७ गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा बिहान १० बजे बस्नेगरी ३६औं साधारण सभा आह्वान गरेको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेड
बोटलर्स नेपाल (बालाजु)ले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर २० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न कम्पनीले पुष २७ गते गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे बस्नेगरी ४४औं साधारण सभा आह्वान गरेको छ ।












