पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

१८ पुष २०७९, सोमबार १६:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सिभिल बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनानस, आइसीएफसी फाइनान्स र सिवाइसी नेपाल लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी ५ कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनु भन्दा अघि कायम सिभिल बैंकको शेयरमूल्य २५० रुपैयाँका आधारमा नेप्सेले ५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २३८ रुपैयाँ १० पैसा कायम गरेको छ ।

त्यस्तै, श्री इन्भेष्मेन्ट फाइनान्सको कायम ३३७ रुपैयाँ, पोखरा फाइनान्सको ३८८ रुपैयाँ र आइसीएफसी फाइनान्सको ४६८ रुपैयाँका आधारमा नेप्सेले क्रमशः २.४० प्रतिशत, ४ प्रतिशत र ५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमुल्य क्रमशः ३२९ रुपैयाँ १० पैसा, ३७३ रुपैयाँ ८ पैसा, ४४५ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।

साथै सिवाईसी नेपाल ल्घुवित्तको आज कायम २५०८ रुपैयाँका आधारमा नेप्सेले ३० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १९२९ रुपैयाँ २३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि दोस्रो बजारमा यी पाँचवटै कम्पनीको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*