राष्ट्र बैंकद्धारा सेन्चुरी बैंक र प्रभु बैंक बीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार पुस २७ गते

१८ पुष २०७९, सोमबार १८:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । हिजो बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो ।

केन्द्रीय बैंकको निर्णयसँगै दुई बैंकले आगामी पुस २७ गते एकीकृत कारोबार गर्ने भएका छन् ।

दुवै बैंकको गत पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई स्वीकृत गरेको थियो। साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत भएसँगै दुवै बैंकले अन्तिम स्वीकृतिका लागि आइतबार ९पुस १७ गते० राष्ट्र बैंकमा निवेदन दिएका थिए।

गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। प्रभुले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गरेको हो।

सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*