झिनो अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार
१९ पुष २०७९, मंगलवार १५:१४

काठमाडौं । नयाँ सरकार गठनसँगै लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । लगानीकर्ताहरुले नाफा बुक गरेसँगै आज शेयरबजारमा करेक्शन देखिएको हो ।
नेप्से सूचक आज ३.०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज होटल तथा पर्यटन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड इन्डेक्स बढेको छ भने अन्य १० इन्डेक्स घट्न पुगेको छ । सर्वाधिक अन्य सूचकको १.७३ प्रतिशतले घटेको छ ।












