नयाँ ब्रोकर लाइसेन्सविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा
१९ पुष २०७९, मंगलवार १७:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्सविरुद्ध सर्वोच्च अदालत मा परेको रिट मंगलवार हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो ।
बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्ज , कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ ।












