लक्ष्मी बैंक र सनराइज बैंक एकीकृत कारोबार गर्ने अन्तिम मिति जुराउने तयारीमा, को बन्ला अध्यक्ष ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकापसमा मर्ज हुने भएको छ। राष्ट्र बैंकको तोकतापश्चात् यी दुबै बैंक एकिकृत कारोबार गर्ने तरखरमा रहेको छ ।लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज बैंक लाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको थियो। दुई बैंकबीच अर्को साता गाभ्ने/गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।
दुई बैंकबीच अर्काे साता गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेगरी अन्तिम चरणको छलफल भइरहेको स्रोतले जनाएको छ । लक्ष्मी र सनराइज एक बराबर एकको अनुपातमा मर्ज हुने गरी छलफलमा छन् । मर्जपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउनेछ ।
सनराइज बैंक लामो समयदेखि सञ्चालक विवादमा फसेको थियो। सनराइज बैंकले सिर्जना फाइनान्स एक्वीजिशन गर्ने समझदारी गरेर पछि समझदारी तोडेको थियो । यही कारण केन्द्रिय बैंकले सनराइजलाई ३ वर्षसम्म शाखा विस्तार गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पुसभित्र मर्ज गरी एकीकृत कारोबार गरेमा विभिन्न सुविधा दिने उल्लेख छ ।
तर, अब मर्ज हुने संस्थाले मौद्रिक नीतिमा उल्लेखित सुविधा पाउने कि नपाउने भन्ने अन्योल रहेपछि दुवै बैंकका सञ्चालकहरू केन्द्रीय बैंकको शरणमा परेका थिए । तर मर्जर सम्झौता गरे नियामकीय सुविधा दिन राष्ट्र बैंकले लचकता देखाएपछि सनराइज र लक्ष्मी बैंक मर्जरमा जानका लागि अघि बढेका हुन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पुसभित्र मर्ज गरी एकीकृत कारोबार गरेमा विभिन्न सुविधा दिने उल्लेख छ। तर, अब मर्ज हुने संस्थाले मौद्रिक नीतिमा उल्लेखित सुविधा पाउने कि नपाउने भन्ने अन्योल रहेपछि दुवै बैंकका सञ्चालकहरू केन्द्रीय बैंकको शरणमा परेका थिए।
मर्जपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज वा सनराइज÷लक्ष्मी वा लक्ष्मी मात्रै पनि रहन सक्ने छ। अहिले नामको टुंगो लागिसकेको छैन। मर्जपछि बैंकमा लक्ष्मी र सनराइजका तर्फबाट दुई÷दुई जना सञ्चालक रहनेछन्।












