चालु पूँजि कर्जा दुई वर्षका लागि रिसेड्युल गर्ने राष्ट्र बैंकको निर्णय

१९ पुष २०७९, मंगलवार २०:४२

नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत भएको छ । सोमबार गभर्नरले व्यवसायिक संगठनका प्रमुखहरुलाई बोलाएर यथाशीघ्र माग र सुझाव के हो बुझाउन भनेका थिए। त्यसपछि व्यवसायीले आफ्नो संगठनमा छलफल गरेर माग तयार पारेका थिए।

राष्ट्र बैंककागभर्नरले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसक्रममा उनले व्यवसायीहरूसँग निर्देशिकालाई २ वर्षसम्म खुकुलो पार्दै बिस्तारै लागू गर्न मौखिक सहमति जुटेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गभर्नर महाप्रसाद अधिकारी व्यवसायीसँगको छलफलमा जारी पूँजी कर्जा निर्देशिका बिस्तारै लागू गर्न सहमत भएको बताए

राष्ट्र बैंकले कात्तिकदेखि जारी पूँजी कर्जा निर्देशिका लागू गरेपछि उद्योगी/व्यवसायी विरोधमा उत्रिएका थिए । निर्देशिकासहित ब्याजदरवृद्धिको विरोध गर्दै व्यवसायी सडक आन्दोलनमा समेत उत्रिएका थिए । अब गभर्नरले २ वर्षसम्म खुकुलो बनाउने र त्यसपछि क्रमबद्धरुपमा निर्देशिका लागु गर्ने भनेपछि व्यवसायी उत्साही बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*