मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२० पुष २०७९, बुधबार ०८:३१

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा न्प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।












