निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

२० पुष २०७९, बुधबार १०:१०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको पुष १९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफााबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*