महालक्ष्मी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

२१ पुष २०७९, बिहीबार १०:५९

काठमाडौं । महालक्ष्मी विकास बैंक र चाबहिलको ओम समाज डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
बैंकका ग्राहकहरुले सो हस्पिटलमा ओपीडी डक्टर कन्सल्टेसन तथा चेकअप सेवा निशुल्क पाउने छन् । अन्य सेवाहरुमा भने बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

सम्झौतापछि बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाको विभिन्न सेवाहरुमा विशेष छुट पाउने गरी सम्झौता भएको छ।

बैंकका ग्राहकहरुले हस्पिटलको जनरल डेन्टल उपचार सेवामा १५ प्रतिशत र अर्थो थेरापी तथा डेन्टल इम्प्लान्ट उपचार सेवामा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन्।

यस प्रकारको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*