दिनदिनै महँगीदै सुन, एक तोला किन्नै १ लाख ३ हजार खर्चिनु पर्ने
२१ पुष २०७९, बिहीबार १०:५१

काठमाडौं । विहिवारको दिन सुनको मुल्य तोलामा २ सय रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य ३ सय रुपैयाँले बढेको र चाँदीको मुल्य १० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोे १ लाख २ हजार २६ सय रुपैयाँ निर्धारण भएको छ

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।












