मिथिला लघुवित्तको लेखा परीक्षणमा समस्या, पुषभित्र साधारण सभा नगर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाले उद्योग मन्त्रालयलाई पत्र जारी गर्दै पुष महिनाभित्र साधारण सभा गर्न नसकिने बताएको हो ।
संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको कारण गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा यस महिनाभित्र साधारण सभा नगर्ने जानकारी गराएको हो ।
साथै लघुवित्तले आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म गरिने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ।













