ग्लोबल आइएमई बैंक छाडेर पुनः मेगा बैंकको डेपुटी सिइओ बन्दै महेश ढकाल

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भई मेगा बैंकको नामबाट एकीकृत कारोबार हुँदैछ । मर्जपछि मेगा बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा महेश ढकाल नियुुक्त हुने भएका छन् ।
ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी सिइओ ढकालले ग्लोबल आइएमई बैंक छाडेर पुनः मेगा बैंकमा आउने पक्कापक्की भएको छ । यसअघि ढकाल मेगा बैंक छाडेर ग्लोबल आइएमई बैंकमा वरिष्ठ डेपुटी सिइओका रुपमा काम गरिरहेका छन् । मेगा बैंकमा पनि उनी वरिष्ठ डेपुटी सिइओमा कार्यरत थिए ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरपछि मेगा बैंकको सिनियर डेपुटी सिइओमा ढकाल पुनः नियुक्त हुने पक्का भएका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अन्तिम स्वीकृति प्राप्त गरिसकेको छ । यी दुवै बैंकले मेगा बैंकको नामबाट यहि पुष २७ गतेदेखि एकीकृत काराबोर गर्ने जनााएको छ ।












