आइपीओ निष्काशन प्रस्ताव सहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारण सभा

२१ पुष २०७९, बिहीबार १२:०७

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौस ३ गतेका दिन बसेको संचालक समितिको बैठकले पौस २९ गते युनियन हाउस प्रा.लि., अनामनगरमा बस्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रारम्भिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने प्रतिवेदन पारित गर्ने, आ.व. २०७८।०७९ को लेखापरीक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाब सहितको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा आ.व. २०७९।०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्तावहरु पारित गर्ने भएको छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा कुनै संसोधन गर्नुपरेमा वा प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने प्रस्ताव रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*