शेयरबजारमा ५ अर्बमाथिको कारोबार, यी हुन् सर्वाधिक खरिदबिक्री भएका कम्पनी

२१ पुष २०७९, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेको छ ।

शेयरबजार बढेसँँगै आज ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । पछिल्लो समय शेयरबजारमा लगातार हरियाली छाउदा लगानीकर्ताहरुमा उत्सास थपिदा आज ५ अर्बमाथिको कारोबार हुन पुगेको हो ।

सर्वाधिक हिमालयन डिष्टिलरीको ४३ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको २१ करोड ४१ लाख, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख, एनआइसी एशिया बैंकको ११ करोड ८४ लाख र नेपाल पुनर्बीमा कम्पनीको १० करोडमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*