एकिकृत कारोबारका लागि प्रभु बैकको बैंकिङ सेवा ५ दिन बन्द रहने

२२ पुष २०७९, शुक्रबार १०:३४

काठमाडौं । प्रभु बैक लिमिटेडको कारोबार ५ दिन सम्मका लागि बन्द रहने भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिन) गर्ने भएको हुँदा कारोबार बन्द रहने भएको हो ।

प्रभु बैंक लिमिटेडले आज एक सुचना प्रकाशित गर्दै एकिकुत कारोबार पुस २६ गते मंगलवार तय भएको जनाएको हो ।

बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि पाँच दिन अर्थात पुस २२ साझ १० बजे पछि, २३,२४,२५ गते र २६ गते विहान १० बजेसम्म दबैंकले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ ।

पुस १७ गते आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*