कामना सेवा विकास बैंकको वार्षिक साधारणसभ पुस मसान्तसम्म नहुने, यस्तो छ कारण

२२ पुष २०७९, शुक्रबार १५:१६

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभ पुस मसान्तसम्म नहुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी गराएको हो।

बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को वार्षिक विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको छैन। सोही कारण वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी बैंकले गराएको हो।

उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा आउँदो चैत मसान्तसम्म गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*