ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

२४ पुष २०७९, आईतवार ०९:२४

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र ३.८० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.८० प्रतिशतथ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*