शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो, बैंकिङ् उपसूचक राताम्मे

२४ पुष २०७९, आईतवार १३:५८

काठमाडौं । यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको छ। जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सुचारु गर्न डाटा माईग्रेसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरिसकेको छ।
बीमापोष्टले यो सामाचार तयार पार्दासम्ममा बैंकिङ् उपसूचक ४।५८ अंकले घटेको देखिएको छ।

बैंक बिना अघि बढेको नेप्सेमा आज प्रत्यक्ष असर भने देखिसकेको छ। शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो रहेको छ।
तीन दिनमा छ वटा प्रमुख बैंकका तीन मर्जरका लागि डाटा माइग्रेट गर्ने कार्यका लागि सर्भर डाउन गरिएका कारण सर्वत्र बैंकिङ सेवा प्रभावित बनेको छ ।नेप्सेले आज चार बैंकहरुलाई पत्र पठाएर नेप्से सुचारु राख्न आग्रह गरेको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले चार बैंकलाई राफसाफमा समस्या देखिने भएकाले चार मर्जरमा जाने कम्पनीलाई सुचारु राख्न आज पत्र पठाएको बीमापोष्टलाई जानकारी दिएका छन् ।

धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु बैक र ग्लोबल आईएमई बैंंकले बैंकिङ सेवा एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न बैंकिङ सेवा बन्द हुन गरिएको छ । प्रभु र ग्लोबल आइएमईसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*