शेयरबजारमा साढे ५ अर्बको कारोबार, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
२४ पुष २०७९, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से सूचक २०.५५ अंकले बढेर २१६४ को विन्दुमा कायम भएको छ ।
शेयरबजारमा सुधार देखिएसँगै आज ५ अर्ब ४५ करोड माथिको कारोबार भएको छ । सर्वाधिक आज हिमालयन डिष्टिलरीको २१ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १९ करोड ६८ लाख, रिडी हाइड्रोपावरको १५ करोड ७१ लाख, ङादी ग्रुप पावरको १४ करोड ४८ लाख र अपि पावरको १३ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













