नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ६८ करोड रुपैयाँ, ख वर्गका विकास बैंकहरुमा ३१ करोड ५० लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीहरुमा १० करोड ५० लाख रुपैयाँ गरी कुल दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत तोकेर पुष २६ गते बेलुका ७ बजेसम्म केन्द्रीय बैंकले उपलब्ध गराएको इमेल fmdbidnrb.org.np मार्फत प्रस्ताव पेश गर्न सक्नेछन् ।












