ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा नम्बर वान बैंक: अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक अधिकांश वित्तीय सूचकमा नम्बर वान बैंक रहेको बताएका छने ।
बैंक अफ काठमाण्डूसँगको मर्जर प्रक्रिया पूरा गरी आज आयोजना गरिएको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले आजको मर्जरपछि बैंक झनै माथि उक्लिएको बताए । ‘राष्ट्र बैंकको नीतिमा हामी लिडर संस्था बन्यौँ’, उनले भने, ‘दुई प्लस दुई बराबर चार होइन पाँचको लक्ष्यले मर्जरमा गएका हौं ।’
साथै उनले बैंक सिँगो राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहने र यसले निजी क्षेत्रका व्यवसायीहरुको समेत व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्रमा सबलता आउँने भएकोले ग्लोबल आइएमई बैंकले पनि आगामी दिनमा अर्थतन्त्रको मेरुदण्डको रुपमा भूमिका निर्वाह गर्ने उनले बताए ।












