अर्थतन्त्रको संरचनागत सुधार गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको बिग्रदो अर्थतन्त्रको संरचनागत सुधार गर्ने घोषणा गरेका छन् । आज ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूका बीचमा एकीकृत कारोबार गर्न आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको संरचनामै सुधार गर्न आवश्यक देखिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने ‘अर्थतन्त्रमा सुधार गर्ने निर्णय त्यसको लागि काम सुरु गरिसकेका छौं ।’ प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा सरकारले गृहकार्य गरिरहेको बताए ।
प्रधानमन्त्री कार्यालयले देशको बिग्रदो आर्थिक अवस्थाका बारेमा गम्भिर चासो राखेर काम गरिरहेको जनाउँदै अर्थमन्त्री लगायतका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए । प्रम प्रचण्डले भने ‘अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको छ । सबैको साथ लिएर चुनौती समाधान गर्ने हो, सबैको सहयोग भयो भने सबै समस्या समाधान गर्न सकिन्छ ।’












