नेप्सेद्धारा थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का
२५ पुष २०७९, सोमबार १५:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।
सेन्चुरी बैंक लिमिटेडको पुष २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुष २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हुँदा नेप्सेले सोही मितिदेखि नै लागू हुनेगरी बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।












