बिओकेका ग्राहकले डिजिटल बैंकिङमा कुनै समस्या देखिए यी नम्बरमा फोन गर्न सकिने

२५ पुष २०७९, सोमबार १५:२६

काठमाडौं । आजदेखि एकिकृत कारबोार शुभारम्भ गरेको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरका कारण डिजिटल बैंकिङ सेवामा आउने समस्या समाधानका लागि ग्राहकलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

ग्लोबल आईएमई बैंकले एक सूचना जारी गर्दै बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूलाई डिजिटल बैंकिङमा कुनै समस्या भए सम्पर्क गर्न आग्रह गरेको हो ।

“बैंक अफ काठमाण्डू लिमिटेडका सेवाग्राही रहनु भएका सम्पूर्ण खातावालाहरूलाई डिजिटल बैंकिङ अन्तर्गत पर्ने कार्ड सेवा ९डेबिटरक्रेडिटरई(कमर्श कार्ड) लगायत क्यूआर र मोबाइल बैंकिङमा पर्ने कुनै समस्या आइपरेमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,” बैंकको सूचनामा उल्लेख गरिएको छ ।

कम्पनीले कार्ड सेवामा आएका समस्या समाधानको लागि चार जनाको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको छ । त्यस्तै मोबाइल बैंकिङ तथा क्यूआर सेवामा आएको समस्याको गुनासो टिपाउन अन्य तीन व्यक्तिलाई सम्पर्क गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*