छिमेक लघुवित्तद्धारा मोबाइल बैंकिङ एप सार्वजनिक
२५ पुष २०७९, सोमबार १७:१६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप सार्वजनिक गरेको छ । संस्थाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त एपको सार्वजनिक गरेको हो ।
आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप् सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, विजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्ने लगायतका सुविधा प्राप्त गर्न सकिन्छ ।
संस्थाले हालसम्म नेपालका ६९ जिल्लाका आफ्ना १९५ शाखाहरू मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।












