डिप्रोक्स लघुवित्तद्धारा लाभांश प्रस्ताव, शेयरधनीलाई बोनस भन्दा नगद धेरै
२६ पुष २०७९, मंगलवार १०:३६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको पुष २५ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












