एनएमबि बैंकको लाभांश आजैबाट शेयरधनीहरुको खातामा जम्मा

२६ पुष २०७९, मंगलवार १०:४५

काठमाण्डौं । एनएमबि बैंकले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश आज पुस २६ गतेबाट शेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।

बैंकको हिजो पुस २५ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ८।२५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको थियो। सोही नगद लाभांश बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाउने भएको हो।

हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई हितग्राही खाता खोलेर सेयर अभौतिकीकरण गर्न बैंकले आग्रह गरेको छ। हितग्राही खाता खोलेका शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीहरुले नै व्यहोर्नुपरेको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*