स्वावलम्बन लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

२८ पुष २०७९, बिहीबार १०:२३

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र ६.०५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*