साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, बोनस र नगद कति ?

२८ पुष २०७९, बिहीबार ११:५८

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश बाँड्ने निर्णय गरेको हो ।

कम्पनीको पुष २८ गते बसेको संचालक समितिको बैठले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*