नेप्सेद्धारा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार रोक्का

२८ पुष २०७९, बिहीबार १३:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

साथै के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत नेप्सेले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*