लाभांश प्रस्ताव पारित गर्दै सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

२८ पुष २०७९, बिहीबार १७:३०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न गरेको हो ।

साधारण सभाले संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९।८० को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.२५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव पारित गरेको छ ।

बैंकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर जारी गर्ने र कम्पनीको नियामावलीमा संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*