दुई कम्पनीद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल दुरसंचार लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको खातामा जम्मा गरिदिएको हो ।
नेपाल एसबिआई बैंकले पुष २५ गते सम्पन्न २९औं साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खाता र बैंक खातामा जम्मा गरिदिएको हो ।
बैंकले बोनस शेयर सूचकिृत भएपश्चात् अभौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई हितग्राही खातामा र भौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराएपश्चात् हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।
त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको पुष २८ गते सम्पन्न १५औं सभाबाट पारित भएको ४० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको छ । उक्त लाभांश शुक्रबारदेखि बुकक्लोज हुन्ुभन्दा अघिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने कम्पनीले जनाएको छ ।












