मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
२९ पुष २०७९, शुक्रबार १०:३६

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको पुष २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












