२४७ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
२९ पुष २०७९, शुक्रबार १३:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ मंसिर मसान्तसम्म कुल २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
यसमध्ये १७९ संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन् ।












