आरएसडीसी लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल चयन
२ माघ २०७९, सोमबार १४:०३

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष २९ गते बुटवलसमा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्पmको संचालक समिति गठन भएको हो ।
संचालकहरुमा राजेन्द्र प्रसाद दाहाल, चन्द्रराज शर्मा, विष्णु प्रसाद पौड्याल र दामोदर जोशी रहेका छन् । साथै सभापश्चात् संस्थाको पुष २९ गते नै बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाललाई चयन गरेको छ ।












