चार दिन बन्दपछि खुलेको शेयरबजार ३२ अंकले बढ्यो, बैकिङ्ग इन्डेक्समा पहिरो

काठमाडौं । नेप्से सूचक आज ३२ अंकले बढेको छ । चार दिनसम्म बन्द रहेको शेयरबजारमा आज एकाएक बृद्धि देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिएपछि करेक्सन देखिएको शेयरमार्केट आज ३२ अंकले बढेर २१८२ को विन्दुमा कायम हुन पुगेको हो । बैंकहरुले माघ महिनाका लागि एक गतेदेखि नै लागू हुनेगरी निक्षेप तथा कर्जा तर्फको ब्याजदर घटाएर सार्वजनिक गरेसँगै पनि आजको स्टक मार्केट बढ्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारसँगै कारोबार पनि आज उत्साहजनक देखिएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ सूचकमध्ये आज बैकिङ्ग इन्डेक्स बाहेकका सबै सूचकमा हरियाली छाएको छ । बैकिङ्ग सूचक आज ०.२९ अंकले घटेको छ भने सर्वाधिक होटल तथा पर्यटन इन्डेक्स ५.१२ प्रतिशतले बढेको छ ।












