नेपाल धितोपत्र बोर्डको कार्वाहीमा तीन ब्रोकर कम्पनी

३ माघ २०७९, मंगलवार १६:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियमविपतरित काम गर्ने तीन ब्रोकर कम्पनी कार्वाहीमा परेको छ। बोर्डको समयसीमा भित्र विवरण पेश नगरेको भन्दै सनी सेक्यूरिटिज, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीलाई नगद जरिवाना गराएको छ ।

बोर्डले सनी सेक्यूरिटिजलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९१० बमोजिम तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेको भन्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९२० बमोजिम १० हजार जरिवाना गराएको छ ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ४ बमोजिम समयमा विवरण पेश नगर्ने दुवै ब्रोकरलाई ७५ हजार रुपैयाँका दरले जरिवाना तिराएको जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*