फर्स्ट माइक्रोफाइनान्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा उल्लेख्य सुधार देखिदा चुक्तापुँजी अर्ब नाघ्यो

४ माघ २०७९, बुधबार १०:४४

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने पहिलो कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त हुन सफल भएको छ । लघुवित्तको दोस्रो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१.६३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३८.६८ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज घटेसँगै कुल सञ्चालन आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ५२ पैसा बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ ।

समिक्षा अवधिसम्म संस्थाले ८ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई १० अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
साथै सो अवधिसम्म लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ नाघेको छ भने जगेडा कोष ११.५८ प्रतिशत घटेर ३८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*