कुमारी बैंकको २६ करोड २२ लाख शेयर कित्ता सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता

५ माघ २०७९, बिहीबार ११:३८

काठमाडौं । कुमारी बैंक लिमिटेडको धितोपत्र दर्ता गरी अभिलेख गराइएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कुमारी बैंक र साविक एनसीसी बैंक एकआपसमा गाभिएपश्चात् दुवैको शेयर समायोजनपश्चात् धितोपत्र दर्ता गराई अभिलेख गरिएको जनाएको हो ।

बैंकको पुष २४ गतेको पत्रानुसार साविक एनसीसी बैंकलाई कुमारी बैंकले गाभ्ने।गाभिने गरी नेपाल राष्ट्र बैंकबाट साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रत्येक १०० कित्ता शेयर बराबर प्राप्त गर्ने संस्था कुमारी बैंकको १०० कित्ता शेयर प्रदान गर्ने निर्णय भई वित्तीय कारोबार गर्न इजाजत प्राप्त भई नेपा धितोपत्र बोर्डमा समेत सो सम्बन्धी अभिलेख भइसकेको हुँदा सोही बमोजिम सिडिएसले बैंकको शेयर दर्ता गरि अभिलेख गराएको हो ।

कुमारी बैंकको १४ करोढड ७१ लाख ११ हजार ८३२ कित्ता शेयर र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर दर्ता गरी समायोजित कुल २६ करोड २२ लाख ५८ हजार ८१३ कित्ता शेयर कुमारी बैंकको नाममा कायम हुनेगरी माघ ४ गतेको निर्णयअनुसार सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न योग्य हुनेगरी अद्यावधिक विवरण अभिलेख गरिएको हो ।

साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट प्राप्त जानकारी अनुसार कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपश्चात् कायम हुने कुमारी बैंकको स्टक सिम्बोल र अर्डिनरी शेयरः ‘केबीएल’ र प्रोमोटर शेयर ‘केबीएलपीओ’ रहने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*