बम्पर लाभांश प्रस्तावसहित रिडी पावरले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

६ माघ २०७९, शुक्रबार १०:४२

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले २१औं सभा माघ २९ गते इन्द्रेणाी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी डाकेको हो ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश गरी कुल ४२.१० प्रतिशत लाभांशा पारित गर्नेछ ।

यसका साथै कम्पनीले साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडको सम्पूर्ण शेयर खरिद गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै अन्य कम्पनीहरुसँग मर्जर गर्ने तथा अन्य कम्पनीहरुलाई यस कम्पनीमा प्राप्ति गर्ने प्रस्ताव समेत गरिनेछ ।

त्यस्तै, गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव राखिनेछ । यसका अलावा चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, मर्जर पश्चात साविक रिडी हाइड्रोपावर कम्पनी लिमिटेड र साविक .रैराङ हाइड्रोपावर कम्पनीबीच गाभिएपश्चात शेयरधनीको तर्फबाट ४ जना संचालक निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ माघ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*