दुई कम्पनीद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । दुई संस्थाले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । आँधिखोला लघुवित्त र आइसीएफसी फाइनान्सले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको हो ।
आँधिखोला लघुवित्तको गत वर्ष पुष ३० गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत लाभांश र आइसीएफसी फाइनान्सको यहि पुष २९ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशन नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको हो ।
आँधिखोला लघुवित्तले अघिल्लो आर्थिक वर्षको लाभांश नेप्सेमा सूचीकृत गराई आफ्नो शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो भने आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नगद लाभांश यहि पुष २९ गते पारित गरी शेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिदिएको हो ।












